केपी ओलीले फेरी प्रतिगमन गर्दै सुरु गरे एमाले विभाजनको बाटो ,
चैत १ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु खुसि अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनको संघारमा पुगेको छ। केपी ओलीले एमाले फुटाएपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ ।
ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला गरेर पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरूको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए ।उनले माओवादी केन्द्र छाडेर ओली समूहमा मिसिन आइपुगेका २३ जना नेतालाई समेत विधानविपरीत केन्द्रीय सदस्य मनोनयन गरेपछि खनाल–नेपाल समूह पनि आफू नै मूलधार भएको दाबी गर्दै समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको हो ।
यो संगै खनाल नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरूको शनिबार बसेको बैठकले आउँदो ४ र ५ गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । भेलामा मुलुकभरका प्रदेश स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको छ भने उक्त रास्ट्रिय भेलालेनै पार्टीको भावी औपचारिक भावी दिशा तय गर्ने खनाल नेपाल समूहले तय गरेको छ ।
तेस्तै नेपाल खनाल समूहले आउँदो राष्ट्रिय भेलासहित पार्टीको समग्र कामको संयोजन गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ । शनिबारको बैठकले प्रदेश १ मा सचिव भीम आचार्य, प्रदेश २ मा उपमहासचिव घनश्याम भुसाल, वाग्मती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भीम रावललाई जिम्मेवारी दिएको छ ।
युवा संगठन फाँट स्थायी कमिटी सदस्य रघुजी पन्त, विद्यार्थी फाँट सचिव गोकर्ण विष्ट, प्रचार विभाग सचिव योगेश भट्टराई, महिला संगठन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, बुद्धिजीवी फाँट प्रमेश हमाललाई जिम्मा दिइएको छ । ओलीले शुक्रबार नेताहरुको जिम्मेवारी हेरफेर केन्द्रीय सदस्य मनोनयनको निर्णय गरेलगत्तै नेपाल खनाल समूहको आकस्मिक स्थायी कमिटीको बैठक बसेको थियो ,बैठकले ओलीले गरेको ज्यादती मा जस्तोसुकै कदम पनि चाल्न पछि नहट्ने निष्कर्ष निकालेको हो ।
तेस्तै पार्टीको मूलधार आफ़ुहौ भएको सो समूहले जनाएको छ। केपी शर्मा ओलीले आउँदो ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् ,उक्त बैठकमा खनाल–नेपाल समूह नजाने भएको छ । ओलीले पार्टी विभाजन गरेको भन्दै औहरु कुनै पनि हालतमा मिलेर जान नसक्ने एमाले बरिस्ठ नेता झलनाथ खनालले बताए।
केपी ओलीको एमाले होइन एमाले निर्माण गर्ने नेता हामि हौ ,यसको स्वामित्व हामि संग छ ,ओलीले गल्ति गरे भन्दैमा हामीले पार्टी बुझाउन सक्दैनौ ,गल्ति गर्ने केपी ओलीलाई कारबाही गरेर छोड्छौ ओलीको अवैधानिक कदमविरुद्द लाग्नुपर्ने र तेस्कालागि देशभरबाट संगठनलाई क्रियाशील बनाउनेमा लाग्ने छौ खनालले भने।
पञ्चायतकालमै तत्कालीन मालेको नेतृत्व गरेका झलनाथ खनाल २०६४ सालको संविधानसभा चुनावपछि एमालेको महासचिव हुँदै २०६५ सालमा निर्वाचित अध्यक्ष बनेका थिए । नेता खनाल १५ वर्ष पार्टीको महासचिव भएका थिए ,तेस्तै झापा आन्दोलनको प्रसङ्ग उठाउदै खनालले भने केपी ओलीले अफ्टेरो पारेर पार्टी कब्जा गर्न खोज्दै छन्।
उनले हुलदंगा गर्दैमा अकेही हुनेवाला छैन,केपी ओलीले निकाल्दैमा हामि निक्लने पनि होइन पार्त्योको मूलधार भनेको हामि हो खनालले अगाडी भने। तेस्तै केपी ओलीले विभिनन मंचको कार्यक्रममा केन्द्रीय कमिटीको बहुमत आफूसँग रहेको भन्दै नेपाल खनाललाई कारबाही गर्ने धम्कि दिदै आएका छन् भने सांसदहरुको पद खोस्ने समेत बोल्दै आईरहेका छन् ,केहि दिन अगाडी मात्र एक कार्यक्रममा ओलीले माधव नेपाल र खनाललाई अनुशाशनको कारबाही गरिने बताएका थिए।
तेस्तै ओलीले शुक्रबार गरेको बैठकनै अवैधानिक भएको र उनले गरेका मनोनयले मान्यता नपाउने कानुनविदहरु बताउछन। पार्टीले सिधै कहिले सांसद हटाउन सक्दैन संसदभित्र संसदीय दलले लगाएको ह्वीप उल्लंघन गरेपछि मात्र सांसदमाथिको कारबाही प्रक्रिया सुरु हुन्छ त्यो पनि लामो प्रक्रिया हुन्छ ,तेस्तो कारबाहीलाई पार्टीको केन्द्रीय कमिटीले पनि पास गर्नुपर्ने र केन्द्रीय कमिटीले संसद् सचिवालयमा जानकारी गराएपछि १५ दिनभित्र सभामुखले त्यसबारे निर्णय गर्न सक्ने प्रावधान रहेको कानुनविदहरुले बताउछन । ओलीले चाहदैमा निकाल्दैमा कसैको सांसद पद नजाने अधिवक्ता टीकाराम भट्टराईले बताए ।

