सुर्खेतमा बलात्कारको झुठो आरोप लगाउने महिलालाई ३ वर्ष कैद ,
चैत ३ ,सुर्खेत – जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एकजना महिलालाई साढे तीन वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भ एको भन्दै झुठो जाहेरी दिने वीरेन्द्रनगरकि ३७ वर्षीय महिलाविरुद्द तिन वर्ष ६ महिना अकैद सजाय सुनाएको हो।
ति महिलाले आफुलाई वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले होटलमा बोलाएर बलात्कार गरेको भन्दै गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए ।
झुठो आरोप लगाउने ति महिलालाई पक्राउ गरेर कारागार चलान गर्ने तयारि भईरहेको पनि बास्कोटाले जानकारी दिए । बलात्कारको झुठो आरोप लगाएर कैद सजाय भोग्ने महिलाहरु आजभोलि बढिरहेका देखिन्छन।

