Gold
Bangad salyan

नेपाल खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु,

चैत ४ ,काठमान्डौ – नेकपा एमालेका नेता माधव कुमार नेपाल ,झलनाथ खनाल समूहको रास्ट्रिय भेला आजबाट सुरु हुँदै छ। सो समूहले आज र भोलि हेरिटेज गार्डेन् सानेपा ललितपुरमा रास्ट्रिय भेलाको आयोजना गरेको हो।रास्ट्रिय भेलाको लागि हिजोनै सो समूहले पत्रकार सम्मेलन गरेको थियो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले रास्ट्रिय भेला गर्न लागेको हो ।

भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिईसकेको छ ।