बर्दियामा महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा ,
चैत ४ ,काठमान्डौ – बर्दियामा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। पछिल्लो समय मानिसमाथि आक्रमण गर्ने र आतंक मच्चाउने माघलाई नियन्त्रणमा लिईएको हो।
बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिन लट्याउने ओषधि प्रयोग गरिएको सुवेदीले बताएका छन् ।
मानिसमाथि आक्रमण गर्ने बाघलाई निकुञ्जभित्र खोरमा राखिने पनि उनले बताए ,हाल सम्म बर्दियामा मात्र बाघको आक्रमणबाट १० जनाको ज्यान गईसकेको छ।
मंगलबार पनि उक्त बाघले आक्रमणमा गर्दा बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निउरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृत्यु भएको छ। संगै निउरो टिप्न गएका अन्य महिला भने बाह्गना सफल भएका थिए।

