बर्दियामा फेरी बाघको आक्रमणबाट महिलाको ज्यान गयो ,
चैत ४ ,बर्दिया – बर्दियामा बाघको आक्रमणबाट फेरी एक जना महिलाको ज्यान गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरोको साग टिप्न गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणमा मृत्यु भएको हो ।
निकुञ्ज भित्र समूहमा साग टिप्न गएका मध्ये एक जनालाई बाघले आक्रमण गरेपछि अन्य ३ जना महिलाले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेपछि उद्धारकालागि पुगेको सुरक्षाकर्मीको टोलीले महिलाको शव फेला पारेको बताएको छ ।
तेस्तै साग टिप्न गएकि महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए ।
केहि महिना पहिलेपनि बर्दियामा बाघको आक्रमणबाट कैलालीकि एक महिलाको मृत्यु भएको थियो। पछिल्लो समय बर्दियामा बाघले मानिसमाथि आक्रमण गर्ने गरेको पाईन्छ।

