Gold
Bangad salyan

ऐतिहासिक प्रथम महिला रास्ट्रिय तेक्वान्दो प्रतियोगितामा कर्णाली सुर्खेत न्युन पदकमा सिमित ,

चैत १५ ,काठमान्डौ – कर्णाली प्रदेशमा पहिलोपटक ऐतिहासिक रास्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएपनि कर्णाली प्रदेशनै पछि परेको छ।

महिला शशक्तिकरण समितिद्वारा नेपाल तेक्यान्दो केन्द्रिय सदस्य तथा पूर्व खेलाडी प्रशिक्षक बल्याक बेल्ट फाईभडन नन्द बस्यालको अथक प्रायसपछि कर्णाली प्रदेशमा गत १२ गते देखि १४ गते सम्म रास्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो।

खेलमा सातवटा प्रदेशको उल्लेखनिय सहभागिता भएपनि कर्णाली प्रदेशले भने जस्तो कुनै पदक हासिल गर्न सकेन। कर्णाली प्रदेशबाट मात्र करिब एक सय भन्दा बढी खेलाडीहरुले खेलमा सहभागिता जनाएक थिए ।

सुर्खेत जिल्ला भरिनै भेरिगंगा छिन्चु तेक्वान्दो दोजाङकि खेलाडी तथा सहायक प्रसिक्षक रेबिका बिकले ६३ केजि तौल समुहमा सिनियर तर्फबाट कास्यपदक प्राप्त गरि जिल्ला तथा भेरिगंगाको नाम उच्च राख्न सफल भईन ।

कर्णाली प्रदेशमा ऐतिहासिक रास्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगितामा भने जस्तो जित हासिल हुनसक्नु प्रदेश सरकारको लजास्पद भूमिका देखिन्छ।

खेल प्रतियोगितामा सात सय भन्दा बढी खेलाडि र दुईसय भन्दा बढी निर्णायक तथा टिम्कोचको सहभागिता भएको थियो।

,उक्त प्रतियोगिता खेलमा कर्णाली प्रदेस सरकारक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्य तथा , सामाजिक मन्त्री दल रावोलको विशेष अतिथ्यमा समुद्घाटन भई समापन भयको थियो ।

कर्णाली प्रदेश सरकार ,स्थानीय सरकारले हाल सम्म खेल र खेलाडीलाई कुनै पनि सेवा सुविधा उपलब्ध नगराएको अभिवाबक बिहिन महसुस गराई मुखदर्शक बनेर बसेको छिन्चु तेक्वान्दो दोजाङ प्रमुख अम्मर बिक बताउछन ।

हामीलाई खेल समग्री तथा खेल खेल्ने टहरो समेत छैन ।तेस्तै अझै दशौ रास्टृय कर्णाली तेक्वान्दो खेलपनि कर्णालीमा हुने रे भन्दा हासो लागेर आउछ ।

असाड लागेपछि असोज सम्म तेक्वान्दो खेल बन्द हुन्छ किन कि हामीसंग खेलाडीकोलागी पानी छेक्ने टहरो समेत छैन ।

प्रदेश सरकार तथा स्थानीय सरकारले खेलाडीलाई संरक्षण सहित खेल सामाग्री उपलब्ध गराउने हो भने छ ,महिनादेखि एक वर्षमा कर्णाली प्रदेशलाई अग्रपंक्तिमा पुर्याउन सकिन्छ अम्मरले भने । जस्को नतिजा हामी देखाउनेछौ हामीलाई सरकारले साथ दिनुपर्यो ।

तेस्तै छिन्छु भेरीगङागा नगरपालिकाका प्रमुख् भुपेन्द्र चन्दले भने आफुहरुले खेलाडी हरुको लागि सक्दो प्र्यास गरिरहेको बताए ।

प्रदेशमा पहिलोपटक ऐतिहासिक प्रथम महिला खेल्कुद तेक्वान्दो प्रतियोगिता भयो तर प्रदेशभरीबाट झन्डै निल आउने संभावना देखियो ।

छिन्छु भेरिगङगाकि खेलाडी प्रशिक्षक रेबिकाले कास्यपद नजितेको भए त प्रदेशनै निल हुने रहेछ भन्ने रंग दर्पनको प्रश्नमा मेयर चन्दले आफुले देश देखि विदेशमा खेल खेल्न जाने खेलाडीहरुको लागि सहयोग गरिरहेको बताए ।

खेलाडी पनि धेरै छन यहाँ विभिन्न नगरस्तरिय रास्ट्रपति रनिङसिल्ड देखि अन्य खेलपनि भैइरहेका छन नगरपालीका तर्फबाट हुने सहयोग सबै भएको छ ।

यति खेरको पहिलो ऐतिहासिक प्रमुख महिला तेक्वान्दो खेलको बारेमा भने आफुलाई जान्कारी नभएको चन्दले बताए ।

खेलाडी र खेलकुद सामाग्रीको लागि स्थानीय सरकारले वडामा के कस्तो भुमिका सहयोग गरिरहेको छ त भन्ने प्रश्न्मा भने भेरीगङगा वडान १२ का वडा अध्यक्ष हरि कडेलसङग हाम्रो सम्पर्क हुन सकेन ।

खेल जगतमा कर्णाली प्रदेश पछि पर्नुमा प्रदेश सरकारले पनि वेवास्ता गरेको र खेलाडीलाई कुनै प्रओत्साहन नगरेको स्पष्ट बुज्न सकिन्छ ।