प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरे ,
चैत २१ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् ।
१६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर ओलीले वालुवाटारबाट श्लान्यास गरेका छन्। निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका हुन् ।
सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने प्रधानमन्त्री ओलीले बताए ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।

