एयरपोर्टमा रोकीएन सुन तस्कर दुईजना सुन सहित पक्राउ ,
चैत २१ ,काठमान्डौ – त्रिभुवन विमानस्थलमा सुन्त्स्कर अझै रोकिन सकेको छैन। ३३ केजी सुन तस्करको जालो पछिपनि विमानस्थालमा पटक पटक सुनतस्कर हुने गरेको पाईन्छ।
यस्तै हिजोमात्र विमानस्थलमा ५ सय १६ ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय विष्णु भण्डारी र काभ्रेका कमल कृष्ण केसी रहेका छन् ।
उनीहरु फ्लाइ दुबइबाट नेपाल आएका थिए ,भन्सार छेक जाँच गर्ने क्रममा उनीहरुबाट ५ सय १६ ग्राम सुन फेलापरेको एयरपोर्ट सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।उनीहरुलाई पार्किङ एरियाबाट नियन्त्रणमा लिइ भन्सारलाई बुझाएको एसपी बास्तोलाले बताए ।

