गोरखाको बारपाकमा जिप दुर्घटना दुई जनाको मृत्यु ,
चैत २१ ,गोरखा – गोरखाको बारपाकमा जिप दुर्घटना दुई जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन्।
लम्जुङको बिचौरबाट बारपाक सुलीकोट भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटनाहुँदा बिचौरका दुईजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
ना ५ च ३२९८ नम्बरको जिप राङरुङको सडकबाट ७० मिटर तल खसेको गोरखाका एसपी शेखर खनालले बताए । घटनाको थप विवरण आउन बाँकी छ।

