Gold
Bangad salyan

कर्णाली प्रदेश प्रमुखमाथि माओवादीले पोख्यो आक्रोस, हामीलाई तपाईमाथि शंका पैदा भो, ,

चैत २१ ,सुर्खेत – कर्णाली प्रदेश सरकार अहिले संकटमा परेपनि तत्कालै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल विश्वासको मत नलिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार बचाउने रणनीतिमा जुटेका छन् ।

यसैबीच माओवादी केन्द्रले शनिबार संसदीय दलको बैठक बोलाएको थियो । एमालेले समर्थन लिएपछि बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको गतिविधि संविधानको मर्म विपरित भएको निष्कर्ष निकालेको छ।

एमालेले समर्थन लिएको जानकारी सबैलाई छ तर कलौनिले पटक पटक माओवादीलाई पत्र पठाउने गरेको खुलेको छ ,प्रदेश प्रमुख कलौनीले चैत्र ५ गते र गएको बुधबार गरी दुईचोटी मुख्यमन्त्री शाही अल्पमतमा परेको भन्दै जनाउँदै ध्यानाकर्षण पत्र पठाएका थिए ।

संविधानअनुनसार एक पटक जानकारी गराइसकेको विषयमा पटक–पटक ध्यानकर्षण गराइनु गम्भीर भएको बैठकमा कुरा उठेको प्रमुख सचेतक सीता नेपालीले बताइन् । ‘उहाँले गरेको कार्य (प्रदेश प्रमुख कलौनी ) संविधानको मर्म विपरित छ,’ प्रमुख सचेतक सीता नेपालीले भनिन् ।’

उहाँको भूमिकाप्रति शंका पैदा गरेको छ। सरकार अहिलेपनि बहुमतमा छ प्रदेश प्रमुखले सिकाईरहनु पर्दैन ,समय आएपछि सरकारले विश्वासको मत लिन जानेको छ ,सिता नेपालीले भनिन प्रदेश प्रमुखको यो कार्यप्रति हामि भत्र्सना गर्दछौं ।

तत्काल विश्वको मत लिनुनपर्ने

,तेस्तै आज बसेको बैठकले तत्काल विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ।बैठकले एमालेको माधव नेपाल समूहका मन्त्रीहरु सरकारमै रहेका कारण तत्काल विश्वासको मत दिनुपर्ने अवस्था नभएको ठहर गरेको छ । सरकारको बहुमत नगुमेकाले विश्वासको मत माग्नु नपर्ने निस्कर्ष रहेको प्रमुख सचेतक नेपालीको भनाइ छ ।

सांसद धर्मराज रेग्मीलाई कारबाही,

बैठकले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गरेको छ । संसदीय दलको शनिबारको बैठकले नेकपा एमाले प्रवेश गरेका रेग्मीलाई कारबाही गरिएको सूचना प्रदेश सभा सचिवालयलाई जानकारी गराउने निर्णय गरेको हो ।

पार्टीले दल त्यागेको विषयामा स्पस्टिकरण सोधेको थियो ,रेग्मीले जवाफ नदिएपछि पार्टीले कारबाही गरिसकेको सचेतक नेपालीले बताईन। रेग्मी दैलेख निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि उनी पुनर्जीवित एमालेमा प्रवेश गरेका हुन् ,उनले जे जस्तो भएपनि एमालेमाने रहने बताउदै आएका छन्। सांसद पद गुमेपानी गोमोस म एमाले छोडेर कहिँ जान्न रेग्मीले भनेका थिए।