Gold
Bangad salyan

राष्ट्रपति र खनालबीच के के भयो कुराकानी ,

चैत २१ ,काठमान्डौ – सत्तारुढ नेकपा (एमाले) विभाजन भईरहेकोबेला आज राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् । भण्डारी शनिबार खनाल निवास डल्लु पुगेर वर्तमान राजनीतिक अस्वथाबारे कुराकानी गरेको श्रोतको भनाई छ ।

नेता खनालका अनुसार कम्युनिस्ट पार्टी एकता एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो ।

राजनीतिक दलहरू एकताबद्ध र बलिया भएमात्रै गणतन्त्र बलियो हुने कुरा राष्ट्रपतिलाई बताएको खनालले भने । भण्डारी खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेकी थिइन् ,खनालले आफ्नो स्वास्थ्य अवस्था भन्दापनि चिन्ता पार्टीको बारेमा लागेको भण्डारीलाई बताएका थिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेपछि एमाले विभाजनतिर पुगेको छ। तेस्तै अहिले एमालेमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम जारि छ। तेस्तै एमाले नेपाल पक्षले छुट्टै पार्टी खोल्ने पनि जानकारी गरिसकेको छ।