Gold
Bangad salyan

आज कोरोनाको ग्राफ झनै बढ्यो ,

चैत २६ ,काठमान्डौ – गत २४ घन्टामा नेपालमा अघिल्लो दिनको तुलनामा कोरोनाको ग्राफ झनै बढेको छ। हिजो मात्र नेपालमा २६० जनामा अकोरोना संक्रमण देखिएको थियोभने आज थप ३३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यो संगै नेपालमा कोरोनाको कुल संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित बिरामी छन्।

२ हजार ४ सय ५४ जना आइसोलेसनमा र ७७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समयका कोरोनाबाट कसैको निधन भएको छैन हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।