केपी ओलीले भने कोरोना त् अम्बाका पातले चट हुन्छ किन भ्याक्सिन लगाउने ,
चैत २६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली फेरी विवादमा परेका छन्। ओली पटक पटक कोरोनाबारे अभिव्यक्ति दिने र विवादमा आउने गरेका हुन्।
बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा उनले कोभिड–१९ नियन्त्रण गर्न तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्नाले कोभिड चट हुनेबताए ।
ओलीले अगाडी थपे सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।
ओलीले गत वर्ष पनि बेसारपानिलेनै कोरोना हटाउन सकिने भन्दै सामाजिक संजालमा विवादित बनेका थिए। कोरोनाबाट बच्न भन्दै अहिले नेपालमा निशुल्क कोरोना भ्याक्सिन लगाउने गरिएको छ ।
पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुन उनले आग्रह गरे ।
कोरोना संक्रमण बढ्दै गए हाम्रो जनजीवन ठप्प पार्ने दिन आउन सक्छ तेसैले सबैले स्वास्थ्य मापदण्ड प्रयोग गर्ने ,माक्स लगाउने ,सामाजिक दुरी कायम राख्ने गर्नुपर्ने पनि ओलीले बताए।
ओलीले यस्तो बताई रहदाभने सामाजिक संजालमा ओलीको विरोध भईरहेको छ। प्रधानमन्त्री ओलीलाई स्वस्थ्य सम्बन्धि केहि जानकारी नभको हुदा यस्ता अभिब्यती दिन बन्द गर्नुपर्ने सर्वासाधर्णको भनाई छ ।,ओलीले तातो पानीले हात पखाल्दा कोरोनाको बोसो पिग्लेरा जाने र कोरोना हट्ने पनि बताउदै आएका छन्।
तातो पानीले अम्बाको पात्ले कोरोना हट्ने भए लिन भ्याक्सिन लगाउनुपर्यो किन अस्पताल जानुपर्यो ,किन करोडौको स्वस्थ्य सामाग्री ल्याउनुपर्यो कोरोनाको बारेमा अभिब्यती दिने चिकित्सकको काम हो ,जन स्वास्थ्यविज्ञको काम हो तर ओलीले स्वास्थ्य मापदण्डको बारेमा अभिव्यक्ति नमिल्ने स्वास्थ्यविज्ञ पनि बताउछन।

