शिवपुरीको डढेलो सिम्रिक हेलिकप्टरले निभायो ,
काठमान्डौ – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ। जंगलभित्र ठूलो आगलागी भएको थियो ,आइतबार बिहान ९ बजेतिर बुढानिलकण्ठ नगरपालिका-१ स्थित तैलुङबाट सुरू भएको आगलागी साँझसम्ममा सिम्रिक हेलिकप्टरबाट नियन्त्रणमा आएको हो।

आगलागी भएपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली दमकल सहित आगलागीस्थलमा पुगेको थियो ।
दिनभर प्रयास गर्दापनि आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको दुईवता हेलिकप्टरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो। आगलागीको क्षति विवरण भने आईसकेको छैन।

