पछिल्लो समय ३०३ कोरोना संक्रमित थपिए , एकको मृत्यु ,
चैत २९ ,काठमान्डौ – गत २४ घन्टामा नेपालमा थप ३०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। आइतबार थपिएका नयाँ संक्रमित सँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
यस्तै २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएपछि हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् । आज कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ,।
यो पछि मृतकको संख्या ३ हजार ४० पुगेको हो। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर ८३ जना क्वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन ।

