Gold
Bangad salyan

बालिका बलात्कार गरेको आरोपमा दैलेखका एक युवालाई १९ वर्ष जेल सजाय ,

चैत ३० ,दैलेख – कार्नाली प्रदेशको दैलेख जिल्लाका एक युवाले सुस्त मनिस्तिथित भएकि बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत दैलेखले १९ वर्ष जेल सजाय तोकेको छ।

मानसिक रुपमा अपाङ्ग रहेकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लु नगरपालिका,४ का २४ वर्षीया दीपक विकलाई अदालतले १९ वर्ष कैद सजाय फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले उक्त फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मदिरा सेवन गरेका दिपकले बालिकालाई चाउचाउ दिने बहानामा फसाएर २०७६ मंसिर ३० गते बलात्कार गरेका थिए ,पिडित बालिकाका आफन्तले २०७६ पुस ३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।

उजुरी लगतै बालिकाको दुल्लु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।प्रहरीले अभियुक्त दीपकलाई पक्राउ गरेर अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धि अभियोग पेश गरेको थियो ।

बलात्कार भए नभएकोबारे पुष्टि गर्न बालिका पीडितको भेजिनल स्वाब राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाबाट भेजिनल स्वाबको रिपोर्ट आउन ढिलाइ भएपछि उक्त घटनाको एक वर्ष ढिला भएको हो।

जीला अद्लात दैलेखले अभियुक्त दिपकलाई अभियुक्त ठहर १८ वर्ष र सुस्त मनस्थितिको बालिकालाई बलात्कार गरेको कसुरमा थप एक वर्ष गरी १९ वर्ष कैद सजाय तोकिएको श्रेस्तेदार कार्कीले जानकारी दिए ।

तेस्तै बालिकालाई क्षतिपूर्तिस्वरूप दीपकले १ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने र पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ ।