वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्ने तयारि ,
काठमान्डौ – भूकम्पबाट क्षति ग्रस्त पुनर्निर्माण गरिएको धरहरा वैशाख ११ गते उद्घाटन गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
२०७२ साल वैशाख १२ गते महाभूकम्पले सबैलाई दुखित बनाएको दिन भएको हुनाले ११ गते धरहरा उदघाटना गर्न लागिएको हो। नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम करिब अन्तिम चरणमा पुगेको छ ।
अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको र केहि दिनमा गजुर पनि राखिने उनले जानकारी दिए । पुरानै डिजाईनबाट निर्माणधीन धरहरा बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने छ ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ। धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।
धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

