Gold
Bangad salyan

राजनीति विधि नमान्नेलाई एक सबक जनार्दन शर्मा ,

बैशाख ४ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकरले राजनीतिमा बिधि नमान्नेलाई कर्णालीको राजनीतिले एक सबक सिकाएको बताएका छन्।

शर्माले भनेका छन् जनीतिमा बिधि नमान्नेलाई एक सबक मात्र होइन राष्ट्रिय राजनैतिक संकट समाधानको लागी मार्गदर्शन पनि हो ।

हिजो मात्र नेकपा माओवादी केन्द्रक नेता कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शहिविरुद्द विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

प्रदेशमा नेकपा एमालेले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही अल्पमतमा परेका थिए। मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो।

,कांग्रेसले समर्थ गरेपनि शाही अल्पमतमानै थिए। तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।