प्रचण्डले गरे सर्वदलीय बैठक बहिस्कार ,
बैशाख ४ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गरेका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
संसद्को हिउँदे अधिवेशन कोभिड,१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका छन् ।
सिंहदरबारमा बैठक राखेपछि आफु उपस्तिथिति हुने अन्यथा प्रचण्ड नजाने अडान लिएका हुन्। ओलीले वालुवाटारमा सर्वदलिय बैठाक आवाहन गरेका छन्।

