सुर्खेतमा कोरोना संक्रमितको निधन ,
बैशाख १४ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतमा थप एक जनाको कोरोना संक्रमितबाट निधन भएको छ। जुम्ला तिला गाँउपालिका २ का ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट निधन भएको हो।
वीरेन्द्रनगरमा बस्दै आईरहेका वृद्धको उपचारको क्रममा मंगलबार कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा निधन भएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।
आईतबार प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका उनि दीर्घरोगी हुन् ,सोमबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।सुर्खेतमा हाल सम्म कोरोंनाबाट ३५ जनाको निधन भईसकेको छ।

