Gold
Bangad salyan

किड्निबाट पिडित सन्जोगलाई समाजसेवी दिपाको आर्थिक सहयोग ,

बैशाख २२ ,काठमान्डौ -दु:ख गरीबलाई सहयोग गर्दै आईरहेको समाजसेवी दिपा गुरुङ्गले किडनिका बिरामी सन्जोग चौलागाईलाई दुबईबाट रु ५ हजार सहयोग गरेकी छिन।

हेटौंडा मकवानपुर गाउँपालिका वडा नम्बर ६ का सन्जोग चौलागाईलाई तिन वर्ष पहिलेबाट पिसाब खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो। चेक जाँच गर्दा उनको किड्नी खराबी भएको डाक्टरहरुले बताएका थिए।

दिपा गुरुङले यो भन्दा पहिले पनि धैर्रे मिगौला पीडित लगायत अन्य बिरामीहरुलाई लाई सहयोग गर्दै आईरहेकी छिन। दीपाले केहि महिना अगाडीमात्र सोहि हेटौंडामा अर्को मिर्गौला पीडित लाई पनि रु ९००० हजार सहयोग गरेको बताएकी छिन ।

अझैपनि आफुले दु:खी पीडित हरुलाई सहयोग गर्ने जानकारी गराएकी छिन ।गुरुङले सहयोग गरेपनि सामाजिक संजालमा वा कुनै अन्लाईनमा भने जानकारी गर्ने गरेकी छैनिन । कुनैपनि ब्याक्तिलाई सहयोग गर्दा गोप्य दान गर्नुनै शास्त्रीय मान्यता रहेको र आफुलाई सहयोगको भावनामा कुनै भाईरल हुने मन नरहेको  उनि बताउछिन।