Gold
Bangad salyan

अक्सिजन व्यवस्थापनका लागि नायिका श्वेता खड्काको ५० हजार सहयोग,

वैशाख २५ ,काठमाडौं- अहिलेको कोरोना विषम परिस्थितिमा बढ्दो अक्सिजनको कमीका कारण कसैले मृत्यु वरण गर्न नपरोस् भनेर नायिका श्वेता खड्काले सहयोग गरेकी छिन्।उनले हाम्रो टिम नेपाललाई अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागि भन्दै ५० हजार रुपैयाँ सहयोग गरेकी हुन्।

हाम्रो टिम नेपालाले संचालन गरिरहेको नि:शुल्क खाना वितरण तथा कोभिड संक्रमितहरुको लागी अक्सिजन ब्यवस्थापन अभियानमा हात्तेमालो गर्न पाउँदा आफुलाई खुशीको अनुभुती मिलिरहेको खड्काले बताईन।

तेस्तै भौतिक दुरी कायम गर्दै आत्मिय दुरीलाई मजबुद बनाई मानविय सहयोगको यो अभियानमा सबैले सहभागिता जनाउन समेत उनले आग्रह गरेकी छिन।