सुरु भयो मतदान ,
वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा लिन लागेको विश्वासको मतमा अहिले मतदान भईरहेको छ ।
प्रधानमन्त्री ओलीले लिन लागेको विश्वको मतम हुन्छ र हुन्नको मतदान सुरु भएको हो। संसद्म उपस्तिथित सबै दलले ओलीको विपक्षम मतदान गर्ने बताईसकेका छन्।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् भने उपेन्द्र यादव समूहले भने विपक्षम अमत्दन गर्ने बता।यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको छ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्नु पर्ने हुन्छ ।तेस्तै कोहि कसैले आफ्नो मत सच्याउनु परेमा डेस्कमा आएर तीन मिनेटभित्र सच्याउन सभामुखले आग्रह गरेका छन्।

