Gold
Bangad salyan

अस्पतालमा आइसियु पाईएन बुहारी बचाउन सकीएन : नारायणकाजि श्रेष्ठ

वैशाख २८ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमै आइसीयू नपाउँदा बुहारीलाई बचाउन नसकेको बताएका छन् ।

श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिड–१९ संक्रमणले उपचार भइरहेको बेला निधन भएको हो । आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा ट्रमा सेन्टरमा आइसीयू फेला परेपनि समयमा नपाउँदा उनले ज्यान गुमाएको श्रेष्ठले बताए ।

केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा शुरुमा इमर्जेन्सी र अक्सिजन सहितको बे।डसमेत नपाएको उनले बताए ।श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अत्यन्तै मार्मस्पर्शी फेसबुक स्ट्याटस राखेर आफ्नो बुहारीलाई बचाउन नसकेको कुरा सार्वजनिक गरेका छन्।

उनले थप लेखेका छन् निर्मलाको श्रीमान ,राजनीतिक एवं सामाजिक ब्यक्तित्व ,भतिजो बिकल श्रेष्ठ आफै पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन् ।उनलाई पनि आइसियु चाहिएको अवस्थामा कहाँ पाइने हो ,ठेगान छैन। बिकलको स्वास्थ्यलाभको कामना गर्दै शोक सन्तप्त सबै परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।