कोरोनाबाट थप २१४ जनाको मृ,त्यु ,८९६० जना नयाँ संक्रमित फेला
वैशाख ३० ,काठमान्डौ – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । अब देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घन्टामा ५ हजार ५५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् यो पछि निको हुनेको कूल संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।
सरकारले गएको २४ घन्टामा जम्मा १९ हजार ४७४ पीसीआर परिक्षण गरेको छ। हाल सम्म सरकारले २७ लाख १२,हजार ५६२ पीसीआर परिक्षण गरेको छ।

