Gold
Bangad salyan

ओली नेपाल सहमति नजिक, तत्काललाई राजीनामा रोकियो

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । यो संगै माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई रोकीएको छ ।

पार्टीभित्रको विवाद मिलाउन प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेपालले एक महिनाको समय दिएको सहमतिमा नआए फेरी यहि खेल हुने उनले बताए ।

बिहीबार ओलीसँग चपली हाइटमा झन्डै ४ घन्टा भएको वार्तापछि नेता नेपालले राजीनामाको कुरा संवाददाताहरूसँग दुई-चार दिनलाई टर्‍यो भनेका थिए । उनले ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता गर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन अब विभिन्न तहमा छलफल हुने बताए।

मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको पनि नेपालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएकोस समस्या केहि दिनलाई भने टरेको छ ,अब नेकपा कांग्रेस र माओवादी केन्द्रले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ पुग्ने छैनन्।

अद्यापि प्रधानमन्त्री ओलीको समस्या भने अहिलेको जस्तै हो ,अबको एक महिनाभित्र उनले फेरी संसदमा विश्वको मत लिनुपर्ने छ। विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन दिएको समयसीमा आज राती नौ बजे सकिँदैछ । कांग्रेस माओवादी केन्द्रले बहुमत सरकारको दाबी नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउने छन्।