Gold
Bangad salyan

अन्तत : केपी ओली प्रधानमन्त्री नियुक्त आज सपथ खाने मन्त्रीहरुले पनि सपथ लिने

वैशाख ३१ ,काठमान्डौ – अन्तत विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

शितलनिवास श्रोतका अनुसार उनको आजैसपथ हुने छ , बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि पदमुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

वैकल्पिक सरकारको गठनमा जुटेका नेपालि कांग्रेस ,माओवादी ,जसपाको एक समूह असफल भएपछि केपी शर्मा ओलीनै पुन : प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। यस्तै प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।