Gold
Bangad salyan

प्रचण्ड देउवालाई माधव नेपालले धोका दिएपछि आक्रोस : कसको दबाबमा पर्नु भो?

वैशाख ३१ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललेपनि धोका दिएपछि प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबार साँझ आकस्मिक रूपमा बसेको पार्टी स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले नेपालले आफूले गरेको प्रतिवद्धताबाट पछि हटेको बताएपछि असन्तुष्टि जनाएका हुन् ।माधवजीले हामी जस्तोसुकै त्याग गर्न तयार छौं भनेर भन्नुभएको थियो।

देउवाजीलाई पनि यही प्रतिवद्धता जनाउनुभएको हो। पहिले २८ देखि ३० जना सांसदले राजिनामा दिन्छौ केहि भएन भने राजनीतिक रूपमा मैले, झलनाथ खनाल र भीम रावलले राजीनामा दिन्छौंसमेत भन्नुभएको थियो। अहिले कसको दबाबमा आउनुभयो प्रचण्डले भने।

नेपालले झगडा गरेपनि आफ्नै पार्टी भित्र गर्नुपर्ने ,जसरि देउवा र पौडेल गर्ने गर्छन । राष्ट्रिय,अन्तर्राष्ट्रिय र आफैंभित्रको दबाबले माधव नेपाल पछि हटेको समेत प्रचण्डले बताएको एक नेताले बताए । नेपालको कदमले नेपाली कांग्रेस ससमेत आक्रोशित भएको छ ।

नेपालको कदमलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पक्षले भने कुनै ठाँउ नभएपछि यो बाध्यता भएको संज्ञा दिएको हो । नेपालका सांसदले सामूहिक राजीनामा नगर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन छलफल गर्ने निर्णय गरेपछि पुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

गत २७ गते ओलीले संसदमा विश्वासको मत नपाएपछि उनि पदमुक्त भएका थिए। राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । वैकल्पिक सरकारको गठनमा जुटेका नेपालि कांग्रेस ,माओवादी ,नेपाल समूह जसपाले बहुमत पुर्याउन नसकेपछि पछि हटेका थिए।