प्रधानमन्त्री ओली र नेपालको आज भेट हुने
वैशाख ३१ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । पार्टी विवादलाई हल गर्ने सहमति गरेका दुवै नेताको आज साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको हो।
ओली र नेपालले हिजो बुधानिलकण्ठमा भेट गरेका थिए ,भेटमा नेपालले ओलीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने मुख्य सर्त राखेका थिए ।जसमा ओली सहमत भएपछि माधव नेपालले आफ्ना निकट सासंदहरुको राजीनामा स्थगित गरेका थिए।
उनीहरुको राजीनामा स्थगनले ओली आज पुन: प्रधानमन्त्रीमा नियुक्त भएका छन्। आजको भेट वार्तामा नेपाल पक्षकाका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने छन् । ओली पक्षको भने टुंगो लागेको छैन।

