भट्टराई-यादव पक्षले बोलायो आफू निकटको बैठक
जेठ १ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ। राष्ट्रिय राजनीतिमा देखिएको पचिचिल्लो पछिल्लो घटनाक्रमबारे छलफल गर्न आज अनौपचारिक बैठक बोलाईएको श्रोतले जनाएको हो।
सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, र संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीले बैठक बोलाएको जनाएको छ ।
बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए। भक्तपुरको एक रिसोर्टमा सांसदहरुको भेलाले उनलाई दलको नेतामा चयन गरेको थियो ,भेलामा १९ जना सांसद रहेको ठाकुर-महतो पक्षको दाबी छ।
जसपाको कार्यकारिणी समितिमा ५१ जना छन्ती, मध्ये रेशम चौधरी जेलमा छन्। कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ।
भट्टराई-यादव पक्षले आफूहरूसँग ३० जना भन्दा बढि रहेको दाबी गर्दै आएको छ। ,ठाकुर-महतो पक्षले भने भट्टराई-यादवसँग सामान्य बहुमत रहेको स्वीकार्दै आएको छ। यस्तै आजको बैठकबारे आफुहरुलाई थाहा नभएको ठाकुर महतो पक्षले जनाएको छ।

