Gold
Bangad salyan

नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिन्डर लिन ओमान उड्यो

जेठ १ ,काठमान्डौ – अक्सिजन सिलिन्डर लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार बिहान ओमान उडेको छ । सिलिन्डर लिएर विमान आजै शनिबार साँझ ६:३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

गैरआवासीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा ५६० सिलिन्डर ल्याइदै छ । अल हप्सी ट्ेरडिङ कम्पनीसँग ६३ हजार ७ सय डलर भुक्तानी गरेर सिलिन्डर खरिद गरिएको गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकल झाले बताए ।

सो रकम खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिक र व्यवसायी सामाजिक संघ ससंथाबाट एनआरएनको नेतृत्वमा उठाइएको हो । चार्टर विमानको खर्च भने सरकारले नै बेहोरेको छ । नेपाल एयरलाइन्सको विमान ओमान गएको यो पहिलोपल्ट हो ।