प्रधानमन्त्री ओली र नेपालबीच वार्ता सुरु
जेठ २ ,काठमान्डौ- नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।
पार्टी विवाद हल गर्ने गरी कार्यदल सदस्यको नाम टुंग्याउन ओली र नेपालबीच आज ‘वान अन वान’ वार्ता भेटवार्ता श्रोतले जनाएको हो । वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल थिए ।
त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।
वार्तामा पूर्वमाओवादी समूहका गृहमन्त्री राम बहादुर थापा समेत सहभागी भएपछि नेपाल पक्षका नेताहरूले ओलीमाथि आशंका व्यक्त गरेका थिए ।

