Gold
Bangad salyan

एमाले कार्यदलले तिन दिनमा जवाफ दिन नसक्ने भिम रावलको आँखामा समस्या

जेठ १३ काठमान्डौ – सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ। आज बैठक बस्ने भनिएपनि बैठक बसेको छैन निरन्तर कुराकानी भने भईरहेको एक नेताले बताए ।

त्यस्तै माधव पक्षका नेतृत्वकर्ता नेता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए। उनका अनुसार बैठक कति खेर कहिले बस्ने भन्ने टुंगो छैन ।

नेकपा एमालेले पार्टीको विवाद समाधान गर्न प्रधानमन्त्री केपिस हर्म ओली र नेता माधव कुमार नेपालपक्षका पाँच-पाँच जना रहनेगरी कार्यदल गठन गरिएको छ।

जसमा कार्यदलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका तर्फबाट नेम्वाङको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

नेपाल समूहले २०७५ जेठ २ को सांगठनिक संरचनानै पार्टी एकताको मुख्य आधार भएको बताउँदै आएको छ । कार्यदललाई तिन दिनभित्र प्रतिवेदन पेश गर्न म्याद दिइएपनि अनिश्चित बनेको छ।