बारामा दुई बालकको घाँटी रेटेर ह,त्या ,
जेठ ,४ ,वीरगन्ज -बारामा दुई बालकको घाँटी रेटेर ह,त्या गरिएको अवस्थामा शव फेला परेको छ। कलैया उपमहानगरपालिका ७ रङगपुरका ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमिन अन्सारको ह,त्या अवस्थामाशव फेला परेको बारा प्रहरीले जनाएको हो।
गाउँमै निर्माणाधीन मदर्शा परिसरमा मंगलबार बिहान उनीहरुको शव फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
सोमबार साँझ घरबाट सँगै बाहिर निस्किएका ती दुवै बालकको शव मदरशा परिसरभित्र घाँटी रेटेर ह,त्या गरिएको अवस्थामा फेला परेको हो।
बालकका बाबु रोजगारीको शिलशिलामा कतारमा छन् आम मिना खातुन भने हिजो सोमबार आफन्तको छोराको निधन भएको खबर पाएपछि जितपुरको टेढा गएकी थिइन् ।
साँझा घर आउँदा उनले दुवै छोरा नदेखेपछि स्थानीयलाई खबर गरेकी थिइन्। खोजतलास गर्दा मंगलबार बिहान मदर्शामा घाँटी रेटेर फालेको अवस्थामा शव फेला परेको थियो।घटना कसले घटायो भन्ने भने कुनै जानकारी भएको छैन।
घटना भएको क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मिश्रले बताए। उनका अनुसार घटना परिसरमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको छ।केहि हप्ता अगाडी दाङ्गमा कार भित्र तिन बालकको शव फेला परेको थियो।

