Gold
Bangad salyan

कोरोना महामारीको उपचारमा खटिएका डाक्टर स्वास्थ्यकर्मीमाथि कुटपिट

जेठ ४ ,विराटनगर – विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्ट (एचए)माथि सोमबार राति अज्ञात समुहले आक्रमण गरेको छ ।

उपचार गरिरहेका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि राति ८:३० बजेतिर आक्रमण भएको अस्पतालका कर्मचारी सुनील देवले जानकारी दिए ।

उनीहरुले सडक दुर्घटनामा परेर ल्याएका घाइते दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको देवले बता। आक्रमणबाट दुवै जनाको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवैजनाको विराटमै उपचार भइरहेको छ ।

बूढीगंगा गाउँपालिका,२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

आरोपितलाई पक्राउ गरिएको पनि उनले बताए। बूढीगंगा,२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारमाथि ढिलाई गरेको भन्दै चिकित्सकहरुमाथि कुटपिट गरेको आक्रामक समूहले जनाएको छ।