Gold
Bangad salyan

नवलपरासी पश्चिममा गोलि चल्यो एक जना घाईते

जेठ ५ ,नवलपरासी पश्चिम – नवलपरासी (पश्चिम) सुस्ता-५ बनकट्टी सिमानाकामा शस्त्र प्रहरीले गोलि चलाएको छ । गोलि लागेर एक जना घाईते भएका छन्।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् । बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताउछन ।

यो घटनाको विषयमा भने शस्त्र प्रहरीले कुनै कुरा सार्वजानिक गरेको छैन। शस्त्र प्रहरीले गोलि चलाएपछि भने स्थानीय त्रसित छन्।