Gold
Bangad salyan

नवलपरासी पश्चिममा सशस्त्रले नागरिकमाथि गोलि चलायो एकको मृ,त्यु

जेठ ५ ,नवलपरासी पश्चिम – सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २३ वर्षका युवक अविनाश राजभरको मृ,त्यु भएको छ ।

गोलि लागेर घाईते अविनाशको स्थानीय शहीद स्मृति अस्पताल चौपातामा उपचार भैइअर्हेको थियो। उक्त अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए ।

बुधबार बिहान ९ बजेतिर सुस्ता गाउँपालिका,५ बनकट्टी सिमानाकामा भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।

सशस्त्र प्रहरीले भारततर्फ जाँदै गरेका युवालाई प्रहरीले रोकेको थियो। त्यसपछि ५०- ६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरेको भए पनि भीड अनियन्त्रित भएपछि बाध्य भएर एक राउन्ड गोली चलाएको अधिकारीले बताए ।शस्त्र प्रहरीले गोलि चलाएपछि भने स्थानीय त्रसित छन्।