Gold
Bangad salyan

कपिलवस्तुमा माओवादीका नेतामाथि गोलि प्रहार दुई घाईते

जेठ ६ ,कपिलवस्तु – नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको छ ।

पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । तौलिहवा,जितपुर सडकखण्डको सडवा भन्ने स्थानमा उनीमाथि गोलि प्रहार भएको हो।

पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । यस्तै पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।तौलिहवातर्फ जादै गरेका पाण्डेलाई रोकेर मोटरसाइकलमा आएका ३ जनाको समूहले रोकेर गोली हानेको अधिकारीले बताए ।

सक्त घाइते भएका पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लागेपनि कुनै अस्पतालले भर्ना लिन नमानेपछि भैरहवा लगेर बिहीबार बिहान ३ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।घटनाको अनुसधान गरिरहेको प्रहरीले जनाएको छ।