Gold
Bangad salyan

केपी ओलीले रोजेको चुनाव बादल र देवकोटाको भिडन्त

जेठ ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी ओलीले रोजेको मध्यावती चुनाव राष्ट्रियसभाको रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तेस्तै मत परिणाम पनि आजै आउने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।

उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल सूर्य निर्वाचन चिह्न र देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् । डा .देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।

भोट हाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको श्रेष्ठले बताए ।