Gold
Bangad salyan

वैकल्पिक सरकार बनेमा स्वागत गर्छु हैन भने राष्ट्रिय सरकार बनाऔं- प्रधानमन्त्री ओली

जेठ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने र रचनात्मक समर्थन रहने बताएका छन्।

शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले अन्य दलहरुले वैकल्पिक सरकार बनाएमा आफूले स्वागत गर्ने बताएका हुन्। यदि दलहरूले वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि दललाई उनले आग्रह गरेका छन्।

आफूले विश्वासको मत पाउने नदेखेपछि छिटै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीको दाबी छ ।

विश्वासको मत लिने कर्मकाण्ड गरे पनि आखिर धारा ७६ को उपधारा ५ मा नै जानुपर्छ, त्यसरी प्रक्रिया लामो बनाउनुभन्दा सिधै सरकार गठनको आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष आग्रह गरेका हौँ’, प्रधानमन्त्रीको भनाइ छ ।