Gold
Bangad salyan

राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव लगाउनुपर्ने काँग्रेसको निष्कर्ष अन्य दलसंग छलफल

जेठ ७ ,काठमान्डौ – नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार बिहान ९ बजे देखि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पूर्वपदाधिकारी र पदाधिकारीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि प्रहार भएको निष्कर्ष निकालेको हो ।

राष्ट्रपतिमाथि महाअभियोग लगाउने निर्णयबारे कांग्रेसले माओवादी केन्द्र ,एमाले माधव -खनाल समूह ,जसपा लगायतसंग छलफल गरिसकेको छ।

बैठकले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्‍वानलाई असंवैधानिक भएको ठहर गर्दै यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर निर्णय लिने जनाएको हो ।