Gold
Bangad salyan

प्रतिनिधिसभा भंग भएपछि ओलीलाई विप्लवको काउन्टर :भिडियो सहित

जेठ ८ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजानिक गरेका छन्।

शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवस्यकतासंग मेल खादैन भन्ने आज आएर सावित भएको बताएका हुन् ।

सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुने समेत विप्लवले बताएका छन् ।

संसदीय व्यवस्थाको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद मात्र एक विकल्प रहेको पनि विप्लवले बताएका छन्। पार्टीको मत जनताको माग र चाहना अनुसार जोडीएको हुँदा राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी ,नेता सरकार असफल भएपछि यसको जिम्मा प्रतक्ष जनतालाई दिनुपर्ने जारि बिज्ञप्तिम उल्लेख छ।

यदि जनमत संग्रहका लागि राजनैतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं ,विपल्वको विज्ञप्तिमा भनिएको छ।