Gold
Bangad salyan

राजेन्द्र महतो दिनमा दुई पटक भारतीय दुतावासमा प्रवेश : यस्तो हुदै छ खेल

जेठ ८ ,काठमान्डौ – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो दिनमा दुई पटक भारतीय दूतावासमा जाने गरेको खुलेको छ ।उनी बिहान पौने ११ बजे लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए ,महतो भर्खरै मात्र फेरी दुतावास प्रवेश गरेको श्रोतले जनाएको छ।

यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई देलेश्वरको एक रिसाेर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए।

गत पुष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विरोध गर्दै सडकमा उत्रीएका राजेन्द्र महतो वर्तमान राजनीतिक घटनामा ओलीलाई साथ् दिनु र दूतावासमा लगातार दौडधूप चल्नुलाई चासोका साथ हेरिएको छ।

ओलीले पुन: शुक्रबार मध्यरातमा संसद विघटन गरेका छन्। यो पटक भने महतो समूहले प्रतिनिधिसभा भंगलाइ स्वागत योग्य गरेको छ।