Gold
Bangad salyan

आज थप ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि १२९ जनाको मृ,त्यु

काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट थप ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

गत २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोनालाई जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको हो। गत २४ घन्टामा कोरोनाबाट १२९ जनाको मृ,त्यु भएको छ।

,यो पछि कोरोनाबाट मृ,त्यु हुनेको संख्या ६,हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।