विपक्षि गठबन्धन सर्वोच्च अदालत भोलि जाने
जेठ ९ ,काठमान्डौ – राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा रहेका १४९ सांसद नेताहरुको आज रिट दायर नहुने भएको छ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार सांसद हरुको हस्ताक्षर नसकीएको कारण भोलि मात्र सर्वोच्चमा जाने उनले बताए।
सांसदहरुलाई नागरिकता सहित नयाँवानेश्वर संसद भवनमा उपस्तिथिति हुन भनिएको थियो। उपत्यका बाहिरबात आउने सांसदहरु आउंदै गरेको र कसैको नागरिकाता छुटेको हुँदापनि आज समय ढिला भएको उनले बताए।
अधिअवक्ताहरुले ३ बजे सम्म मात्र सर्वोच्चमा पेश गर्ने समय भनेको हुँदा आज जान नमिल्ने र भोलि बिहान मात्र सर्वोच्चमा रिट दायर गरिने श्रेष्ठले बताए।

