थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण १८५ को मृ,त्यु
काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यो संगै नेपालमा कुल ५ लाख २०,हजार ४६१जनामा कोरोना फेला परिसकेको छ। गत २४ घन्टामा ७ हजार १३५ जना निको भएका छन् । हाल सम्म कोरोनालाई जित्नेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको हो।
आज थप १८५ जनाको कोरोनाबाट मृ,त्यु भएको छ। हाल कोरोनाबाट मृ,त्यु हुनेको संख्या ६,हजार ५३१ रहेको छ। मन्त्रालयका अनुसार हाल १ लाख १५ हजार ४४७ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ९२४ जना क्वारेन्टाइनमा रहेका छन्।

