Gold
Bangad salyan

एउटै कारमित्र मृत भेटिएका तीन बालककाे निसास्सिएर ज्यान गएकाे अनुसन्धान रिपोर्ट

जेठ १३ दाङ -दाङको तुलसीपुरमा एउटै कारभित्र मृत भेटिएका तीन बालकको निसास्सिएर ज्यान गएको भिसेरा रिपोर्टले देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउँका भीमबहादुर परियारका छोरा नाै वर्षका सन्दीप, सन्तोष परियारका छोरा सात वर्षका सुवास र किरण परियारका छोरा ६ वर्षका करण स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र गएको वैशाख १८ गते मृत भेटिएका थिए ।

ती बालकहरूको निसास्सिएर ज्यान गएकाे तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शिबबहादुर सिंहले बताए ।

गाडी भित्र बालकको शव फेला परेपछि गाडी मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। गाडीको ढोका रिमोटबाट खुल्ने र बन्द हुने गरेको उनि बताउछन। गाडी बिग्रेको हुँदा आफुले महिनौ अगाडी सो क्षेत्रमा गाडी पार्किङ्ग गरेर राखेको गाडी मालिकले प्रहरीलाई बयान दिएका थिए।