Gold
Bangad salyan

भेरी अस्पतालको घटनाका दोषीलाई बचाउ गर्दै शान्ता चौधरीले भनिन सरकारलाई गालि नगरौ

जेठ १४ ,काठमान्डौ – नेकपा एमाले केपी ओली समूहकि नेतृ शान्ता चौधरीले सरकारलाई गालि नगर्न आग्रह गरेकी छिन।

उनले बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नर्समाथि आक्रमण गर्ने मन बहादुर राउतको विषयलाई लिएर मौका पाईयो भन्दै सरकारलाई गालि गलौच नगर्न आग्रह गरेकी हुन्।सरकारले दोषीलाई कारबाही गर्ने भनिसकेको छ।

तर यस्तो घटनालाई राजनीतिक दाउपेचको रुपमा प्रयोग गर्न नहुने चौधरीले बताएकि छिन। भेरी अस्पतालमा नर्समाथि कुटपिट गर्ने मन बहादुर राउत शान्ति चौधरी निकटका हुन्। उनले दोषीको बचाउ गरेकी छिन।