Gold
Bangad salyan

आज थप ६,९५१ जनामा संक्रमण पुष्टि ९६ जनाको मृ,त्यु

जेठ १४ ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ भने आज थप ९,८४१ जना डिस्चार्ज भएका छन्। पछिल्लो समय यता कोरोनाबाट निको हुनेको संख्या बढ्ने गरेको पाईएको छ।

यस्तै थप ९६ जनाको कोरोना संक्रमणबाट मृ,त्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ भने क्वारेन्टाइनमा ८०९ जना रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सम्म ४ लाख २८ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् ।