Gold
Bangad salyan

गोरखा बारपाकमा थप १३० जना कोरोना संक्रमित फेला

जेठ १७ ,गोरखा- जिल्लाको बारपाकमा थप १सय ३० जना कोरोना संक्रमित थपिएका छन् । गएको शुक्रबार शनिबार र आइतबार संकलन गरिएको स्वाब नमूना परीक्षण गर्दा १३० जनामा कोरोना पोजेटिभ देखिएको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए ।

गण्डकी प्रदेशका मन्त्री, सांसद, स्वास्थ्य निर्देशकसहित गएको स्वास्थ्य टोलीले तीनसय ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देनालय पोखरामा पठाएको थियो ।

गत तीन देखि शिविरमा ८३६ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८३ जनामा पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । केहिदिन यता गोरखा बारपाकमा कोरोनाका कारण गाँउनै त्रसित छ।

सुलिकोट गाउँपालिकाको पहलमा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, गोरखा जिल्ला अस्पताल र गाउँपालिकाको स्वास्थ्य शाखा सहितको संयुक्त टोलीले अहिले सो क्षेत्रलाई प्राथमिकतामा राखेर एन्टोजिन परिक्षण सुरु गरेको छ।